मनकामना दुग्ध सहकारीको अध्यक्ष पदमा मात्र निर्वाचन हुने , अरु पदमा निर्विरोध

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि अर्जुन प्रसाद दाहाल र रोमनाथ रेग्मीका बिच निर्वाचन हुने भएको हो ।

अन्य पदमा भने निर्विरोध भएको छ । निर्विरोध हुनेहरुमा उपाध्यक्षमा केदार प्रसाद लम्साल , जिल्ला प्रतिनिधि सदस्यमा जनक प्रसाद रेग्मी , सदस्यहरुमा हरि प्रसाद दाहाल , सरस्वती अधिकारी , धर्म प्रसाद तिमल्सिना , कृष्ण प्रसाद लामिछाने , कविता न्यौपाने र सानुकान्छा वाईबा रहेका छन् ।

यसैगरी लेखासमितिको संयोजक पदमा भोलानाथ दाहाल , सदस्यहरुमा शुशिला कुमारी दाहाल र नेत्र प्रसाद चौलागाईं पनि निर्विरोध भएका छन् । विभिन्न पदमा उमेदवारी दिएका अन्य उमेदवारहरुले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछि अध्यक्ष पदमा दुईजनाको मात्र निर्वाचन हुन लागेको निर्वाचन उपसमितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले बताएका छन् ।

निर्वाचन कार्यक्रम तालिका अनुसार भोलि २६ गते उमेदवारहरुलाई निर्वाचन चिन्ह वितरण गरिने तथा २९ गते बिहान ८ बजे देखि ३ बजेसम्म मतदान हुने र सोही दिन मतगणना गरि निर्वाचित उमेदवार घोषणा गरिने उनले बताए ।



प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय