निर्वाचन कार्यक्रम अन्तिम चरणमा , भोलि बिहान ८ बजे देखि मतदान

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पद सहमतिमा निर्विरोध भएपनी अध्यक्ष पदमा सहमति हुन नसक्दा मतदान हुन लागेको हो ।

मतदान भोलि २९ गते बिहान ८ बजे शुरु गरिने र दिनको ३ बजे भित्र मतदान कार्यमा सहभागी भैसक्नु पर्ने निर्वाचन उपसमिति संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले बताएका छन् । मतदान पछि मतगणना गरि भोलि नै निर्वाचन परिणाम घोषणा गरिने उनले बताए ।

संस्थाको अध्यक्ष पदका लागि अर्जुन प्रसाद दाहाल र रोमनाथ रेग्मी चुनावी मैदानमा छन् । संस्थामा ३७३ जना शेेेयर सदस्य रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय