धमाधम प्रहरी भवन बनाउँदै प्रदेश सरकार, ४६ अन्तिम चरणमा, २१ लाइ स्वीकृति


हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा १५ रातोमाटेस्थित सशस्त्र प्रहरी गणको ब्यारेक भवनको बुधबार उद्घाटन गर्नुभएको छ ।
प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार रुपैयाँ लागतमा १६ कोठा भएको तीन तले भवनको मुख्यमन्त्री पौडेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पूर्वाधारको अभावमा सुरक्षा व्यवस्था कायम हुन नसक्ने बताउनुभयो । पौडेलले पूर्वाधार तथा स्रोतसाधन सम्पन्न भए मात्रै सुरक्षा व्यवस्था कायम गर्न सकिने बताउनुभयो ।

प्रहरी कार्यालयलाई पूर्वाधार तथा स्रोतसाधन युक्त बनाइ शान्ति, सुरक्षा कायम गर्न
र प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लमा प्रहरी कार्यालय भवन बनाइरहेको छ ।

४६ अन्तिम चरणमा, २१ स्वीकृति

बागमती प्रदेश सरकारले कानुनी अस्पष्टताका कारण केही असहजताका बाबजुद सुरक्षा निकायका ४६ वटा भवन निर्माण सम्पन्न गर्न लागेको र थप २१ वटा भवन निर्माण गर्न स्वीकृति प्रदान गर्नुका साथै बजेट समेत विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

सरकारले १७ वटा भवनको निर्माण पूरा भइसकेको र चालु वर्ष भित्रै ४६ वटै भवन निर्माण सम्पन्न हुने बताइएको छ ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय