मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित , सपथग्रहण भोलि

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को अध्यक्ष पदमा अर्जुन प्रसाद दाहाल विजयी भएका छन् ।

आज भएको मतदानमा प्रतिस्पर्धी उमेदवार रोमनाथ रेग्मी लाई ५० मत अन्तरमा पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । ३७३ कुल मतदाता मध्ये आज भएको मतदानमा ३३५ मतदाता सहभागी भएका थिए । जसमध्ये ५ मत बदर भएको र सदर ३३० मत मध्ये दाहालले १९० मत र रेग्मीले १४० मत पाएका हुन् ।

संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पदमा यस अघि नै निर्विरोध भएको थियो ।

जस अनुसार उपाध्यक्षमा केदार प्रसाद लम्साल , जिल्ला प्रतिनिधि सदस्यमा जनक प्रसाद रेग्मी , सदस्यहरुमा हरि प्रसाद दाहाल , सरस्वती अधिकारी , धर्म प्रसाद तिमल्सिना , कृष्ण लामिछाने , कविता न्यौपाने र सानुकान्छा वाईबा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी लेखा समिति संयोजकमा भोलानाथ दाहाल र लेखा समिति सदस्यहरुमा शुशिला कुमारी दाहाल र नेत्र प्रसाद चौलागाईं पनि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित संचालक समिती र लेखा समितीका पदाधिकारीहरुलाई भोलि ३० गते दिनको २ बजे संस्थाको कार्यालयमा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।



प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय