सर्वोच्चद्वारा संसद पुनर्स्थापना , १३ दिन भित्रै बैठक बोलाउन आदेश

मकवानपुर- सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ ।

सर्वोच्चले आज (मंगलबार) सो आदेश दिंदै १३ दिनभित्रै संसद बैठक बोलाउन समेत आदेश भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । सो को विरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति