हेटौंडामा अवरुद्ध भएको सडक एकघण्टा पछि खुल्यो

हेटौंडा-  पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने बागमती प्रदेशको राजधानी हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि अवरुद्ध भएको सडक भर्खर खुलेको छ ।

हिजो (विहिबार) ट्रकको ठक्करबाट एकजना मयुरी चालकको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयबासीले दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए ।

मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई हेटौंडा–११ मा ठक्कर दिंदा मयुरी चालक स्थानीय ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा संलग्न चालकलाई पक्राउ गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news)