मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै , संसद अधिवेशन बोलाउने तयारी


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेपछि आज बैठक बस्दैछ । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको र बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ ।

सर्वोच्च अदालतले संसद पुनःस्र्थापना गरेपछि राजनीतिक माहोल आफूतिर उर्लेको निष्कर्ष नेकपा ओली समूहले निकालेको छ । राजनीतिक माहोल आफूसँग भएका बेला संसदको अधिवेशन आह्वान गर्न ढिलो गर्न नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । यही निष्कर्षसहित मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बाेलाउन लागिएकाे अनुमान गरिएको छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएपछि ओली समूहको बुधवार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरिसकेको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति