विशाल भट्टराई नेकपा संसदीय दलको प्रमुख सचेतक , देव गुरुङलाई हटाईयो

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदबाट देव गुरुङलाई हटाई विशाल भट्टराईलाई नियुक्ति गरेका छन्।

आज (फागुन १५ गते) गुरूङलाई जिम्मेवारीमुक्त गर्दै उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेर प्रधानमन्त्री तथा संसदीय दलका नेताविरूद्ध गतिविधि गरेको भन्दै कारबाही गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति