आगामी फागुन २३ गते संसद अधिवेशन बोलाउने मन्त्रीपरिषदको निर्णय

मकवानपुर- आज बसेको मन्त्रीपरिषदको बैठकले संसद् अधिवेशन आगामी फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले गत मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद् बैठकले आगामी २३ गते अधिवेशन बोलाउन सिफारिस गरेको हो । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् ।

मुख्य समाचार मुख्य समाचार (flash news)