बकैया गाउँपालिकाले दियो फागुन १८ गते सार्वजनिक बिदा

मकवानपुर- मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले यहि फागुन १८ गते सार्वजनिक बिदा दिएको छ ।

१८ गते पर्न गएको माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा बिदा दिन लागिएको हो । पालिकाको गत फागुन ६ गतेको बैठकले बिदा दिने निर्णय गरेको थियो । यस पालिकामा माझी समुदायको ठुलै बसोबास रहेको छ ।

मुख्य समाचार समाचार