हेटौंडा एकेडेमीमा योगि नरहरिनाथको १०७ औं जन्मजयन्ती

हेटौँडा – योगी नरहरीनाथको १०७ औँ जन्मजयन्तीका अवसरमा हेटौडा एकेडेमी आवासीय माध्यमिक बिद्यालयले आज सोमबार एक कार्यक्रम आयोजना गरि मनाएको छ।

हेटौडा-११ नवलपुर स्थित बिद्यालय परिसरमा रहेको नरहरीनाथको प्रतिमामा बिद्यालयकी प्राचार्य गौरीदेबी चिमरियाले फूल-माला ,अबिर र पुष्प गुच्छा अर्पण गर्नु भएको हो । कार्यक्रममा बिद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा बोल्दै चिमरियाले योगी नरहरीनाथको बारेमा विधार्थीलाई जानकारी दिनकै लागि भए पनि बर्सेनी यसरीनै जन्मजयन्ती मनाउने गरेको बताउनु भयो ।

कार्यक्रममा बिद्यालयकी छात्रा वर्षा स्याङ्तानले योगी नरहरीनाथको बारेमा वर्णन गरेकी थिइन् ।

योगी नरहरिनाथ विसं. १९७१ कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिका ८ लालुमा जन्मिएका हुन्। विसं. २०५९ सालमा काठमाडौं पशुपति मृगस्थलीमा उनको मृत्यु भएको थियो। योगी आध्यात्मिक, इतिहासकार हुन। आजीवन अन्वेषक रहेका योगीका थुप्रै पुस्तकहरू बजारमा आएका छन्।

मुख्य समाचार मुख्य समाचार (flash news) साहित्य