विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ताटोली बनायो

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ ।

सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।

सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् ।

समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति