एमालेमा समानान्तर कमिटी बनाउने माधब नेपाल समुहको तयारी, जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने

काठमाडौं /  नेकपा एमालेका माधब नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिशेष निर्णय गर्दै आफू इतर खेमाका  नेताहरुको जिम्मेवारी खोस्दै महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहले आफू पक्षीय  स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बोलाइ समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको माधब समूहले दाबी गरेको छ ।साथै  चैत ४ गते राष्ट्रिय भेला आयोजना गरि पार्टी पुनर्संरचनाको अभियान घोषणा गरिने पार्टी निर्माण बारे थप छलफल हुने  बताइएको छ ।

माधब समूहका नेता बेदुराम भुसालले जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने बताउनुभयो । उहाले जहाँ आफ्नो समुहको नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन गरि  पार्टी पुनर्संरचनाको अभियान संचालन गर्ने जानकारी दिनुभयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार