मउवा संघ निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा टिम घोषणा

हेटौंडा / आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिएको छ ।
शुक्रबार हेटौंडामा भएको घोषणा सभामा राजकुमार न्यौपानेको नेतृत्वमा उपाध्यक्ष पदमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, एसोसियटतर्फ उज्ज्वल चौलागाई, उद्योगतर्फ प्रतिमा श्रेष्ठ र वस्तुगततर्फ राजु अधिकारीको उम्मेदवारी घोषणा भएको हो ।


उम्मेदवारी घोषणा गर्दै अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले व्यवसायीको हित गर्दै व्यक्तिमार्फत चलिरहेको उद्योग वाणिज्य संघलाई साझा संस्थाको रुपमा विकसित गर्न आफु र आफ्नो समुहको जित आबस्यक रहेको बताएका थिए ।


हाललाइ अध्यक्ष र उपाध्यक्षहरुको घोषणा गरिएको र आबस्यकता अनुसार अन्य पदका उम्मेदवारको पनि घोषणा गरिने बताइएको छ ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय