रानी वनको निर्वाचनमा अध्यक्ष पदमा २ सहित १६ जना बिच प्रतिस्पर्धा हुने

मकवानपुर- हेटौंडा-६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको हुने निर्वाचनका लागि अध्यक्ष पदमा २ जनाको सहित १६ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष सहित ६ पदका लागि १६ को उमेदवारी परेको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताएका छन। अध्यक्ष पदमा बिष्णु प्रसाद न्यौपाने र बलराम अधिकारी गरि २ जनाको उम्मेद्बारी परेको छ ।

उपाध्यक्ष पदका लागि ३ जना,कोषाध्यक्षमा २ जना, सहसचिव पदका लागि २ जना र खुल्ला सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको संयोजक लामिछानेले जानकारी दिएका छन। 

अध्यक्षमा बिष्णु प्रसाद न्यौपाने  र  बलराम अधिकारी,त्यसैगरी उपाध्यक्षमा केशव धिताल,केदार प्रसाद अधिकारी र गोकुल लामिछानेको उमेदवारी दर्ता भएको छ।

कोषाध्यक्षमा गोमा लामिछाने,बसन्त प्रसाद अधिकारी र केशवराज दंगालको उमेदवारी परेको हो भने सहसचिवमा राजकुमार फुयाँल र दिपक सापकोटाको उम्मेदवारी रहेको निर्वाचन संयोजक लामिछानेले बताए । यता सचिवमा नानीमाया रुम्बाको एकल उम्मेदवारी परेको छ। यसैगरी महिला सदस्यमा सन्ध्या श्रेष्ठ,अनिता बुढाथोकी,अमुना सापकोटा,पार्वती न्यौपाने र जनजाति महिला सदस्यमा जोगमाया राई निर्विरोध निर्वाचित भएका छन । 

चैत २८ गते शनिबार हुने निर्वाचनमा १६ सय मतदाता रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिएका छन।

मुख्य समाचार मुख्य समाचार (flash news) रोचक