मकवानपुरका प्रजिअ रिजालको सरुवा, पाण्डे प्रजिअको रुपमा आउदै

हेटौंडा / मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्द प्रसाद रिजालको सरुवा भएको छ ।
प्रजिअ रिजालको गृह मन्त्रालयमा सहसचिवको पदमा सरुवा भएको हो ।
गृह मन्त्रालयले बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रजिअ रिजाल सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको थियो।

रिजालको सरुवा भएसँगै मकवानपुरमा भरतमणी पाण्डे आउने भएका छन् । पाण्डे यसअघि गृह मन्त्रालयको सहसचिव रहेका थिए ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार