२६ सहसचिव र उपसचिवको सरुवा, केही जिल्लाका सीडीओ फेरिए

काठमाडौं / गृह मन्त्रालयले सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट २६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

निर्णय अनुसार गृह मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।

सहसचिव सुनिल खनाल डोटी, शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, भरतमणि पाण्डे मकवानपुर, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी र नवराज सापकोटालाइ रोल्पाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ ।

हेर्नुस् सूची 

मुख्य समाचार (flash news) समाचार