आजबाट आइपिएल, पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ ।

पहिलो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ ।

दुई टोली सिजनको पहिलो खेलमा भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहोलीले गर्नेछन।

कोरोना महामारीका कारण स्टेडियममा बिना दर्शक हुने खेललाई स्टार स्पोर्ट्सले प्रशारण गर्दै छ ।

खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार