आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने 

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुनेछ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आज आइतबारबाट जोर विजोर प्रणाली लागू हुने जानकारी दिनुभयो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय स्वास्थ्य