फेरी पनि सर्यो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन 


हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन फेरी पनि स्थगित भएको छ ।
विश्वब्यापी रुपमा फैलीएको कोरोना भाइरस (कोभिड -१९) को दोश्रो लहर नेपालमा अत्यन्त भयावह भैरहेको अबस्था देखाउदै आगामी बैशाख १८ गते तोकिएको  निर्वाचन दोश्रो पटक स्थगित भएको हो ।

यस अघि मकवानपुर उद्योग वाणिज्य संघले गत चैत्र २३ गते तय भएको निर्वाचनलाई कोभिडको कारण देखाउँदै स्थगित गरेको थियो ।


पछि सर्वपक्षीय सहमतिमा बैशाख १८ लाई निर्वाचन गर्ने निधो गरिएको थियो ।
नयाँ निर्वाचनको मिति भने मकवानपुर उद्योग वाणिज्य संघको बैठकले तय गर्ने बताइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय स्वास्थ्य