मकवानपुरमा आज २ बालक सहित ३४ जनामा कोरोना पुष्टि

हेटौंडा / मकवानपुर जिल्लामा आज  थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लामा ५७ जनाको स्वाब परीक्षणमा गरेकोमा थप ३३ जना र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

संक्रमण पुष्टि हुनेमा २ जना ७ वर्षीय बालबालिका समेत रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाकारी दिनुभयो ।
चौलागाईंले कोरिना पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेको जानकारी दिनुभयो ।

यो संगै मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । 

मकवानपुरमा हालसम्म ४ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा हालसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय स्वास्थ्य