मकवानपुरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

हेटौंडा / कोरोना भाइरसको संक्रमण बढे संगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक उक्त निर्णय गरेको हो ।

बैठकले मकवानपुर भित्रको सबै स्थानीय तहमा रहेका विद्यालय, क्याम्पस, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

मुख्य समाचार मुख्य समाचार (flash news) शिक्षा समाचार समाज स्थानीय स्वास्थ्य