थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

हेटौंडा / मकवानपुरमा थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

यो संगै पछिल्लो समय मकवानपुरमा (कोभिड-१९) बाट ३ जना पत्रकारहरुमा कोरोना संक्रमणको सिकारमा परेका छन् ।

गत आईतबार र सोमबार एक एक जना पत्रकारमा संक्रमण पुष्टी भएको थियो भने । बुधबार थप एकमा कोभिड संक्रमण पुष्टी भएको हो ।

बुधबार कोभिड १९ संक्रमण पुष्टी भएका पत्रकारलाई ज्वरो आउने टाउको दुख्ने लक्षण देखापरेको छ । उनको अबस्था सामान्य रहेको बताउनु भएको छ ।

यसै बिच नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले पछिल्लो समय कोरोनाको लहर तिब्र फैलिएकाले सुरक्षित भएर काम गर्नुहुन मकवानपुरका संचारकर्मीहरुमा आग्रह गर्नु भएको छ । तिनै जना पत्रकारहरु होम आईसोलेसनमा रहेको जनाईएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाज स्थानीय स्वास्थ्य