मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा / मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार १ सय ३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ६० जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा ५६ जना हेटौंडा उपमहानगरपालिकाका,२ भीमफेदी गाउँपालिकाका र मकवानपुरगढी र जिल्लाबाहिरका एकएक जना गरी ६० जना रहका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्वास्थ्य