मक्रान्चुलीमा ६ दिनमा २५० मिटर बाटो ढलान

मकवानपुरगढी- हेटौंडा-मक्रान्चुली खडकखण्ड अन्तर्गत मक्रान्चुलीमा भइरहेको स्ल्याब ढलान ६ दिनमा २५० मिटरको काम सम्पन्न भएको छ । २० सेन्टी मोटाइ र ६ मिटर चौडा रहेको बाटो फुटसल देखि खरानी टोल सम्मको निर्माण कार्य सम्पन्न भएको हो ।

मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मक्रान्चुली फुटसलदेखि गाउँपालिका सम्मको सडकखण्डमा स्ल्याब ढलानको काम गत आईतबार बाट सुरु भएको थियो ।

बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको बजेटबाट ८ सय ३० मिटर सडकमा स्ल्याब ढलान गर्न लागीएको हो । ए एस सी कन्सट्रक्शन तथा मल्टीप्रपोज कम्पनी प्रा लि ले स्ल्याब ढलानको जिम्मा पाएको छ । मन्त्रालय संग ८७ लाख रुपैंयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरीएको र बैशाख महिना भरमा निर्माण कार्य सम्पन्न गरिने ए एस सी कन्सट्रक्शन तथा मल्टीप्रपोज कम्पनी प्रालि का संञ्चालक चन्द्र कुमार राईले बताएका छन्।

गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा स्लयाब ढलान गर्न लागिएकोले सडक निर्माण सम्पन्न नभएसम्म गाँउपालिकामा आवतजावत गर्न बैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने निर्माण कम्पनिले जनाएको छ ।

स्ल्याब ढलान निर्माण कार्यको उद्घाटन गत आइतबार गाउँपालिका अध्यक्ष बिदुर हुमागाई र वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले गरेका थिए ।

अर्थ प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news)