मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो, लकडाउनको घोषणा हुन सक्ने

हेटौंडा / मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो ।
यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको हेर्टौंडा अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

डाक्टर काफ्लले हेटौंडा अस्पतालको कोभिड आईसियूमा १४ जना संक्रमित उपचाररत रहेकोमा आज ४ जना डिस्चार्ज गरिन लागेको बताउनुभयो ।
बिरामीक स्वास्थ्यमा सुधार आएसंगै होम आइसोलेसनमा बस्नको लागि डिस्चार्जको तयारी भएको डाक्टर काफ्लेको जानकारी दिनुभयो ।

उनका अनुसार मकवानपुरमा रहेका सक्रिय संक्रमितमा ४ सय ९७ जना घरमै उपचाररत रहेका छन् भने गौरिटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको ज्यान गएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रुपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै संक्रमण बढ्न नदिन मकवानपुरमा पनि लकडाउन घोषणा हुन सक्ने बताइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यलय मकवानपुरले  जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन गर्ने जानकारी दिएको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय स्वास्थ्य