चिराग अग्रवाल भए मारवाडी युवा मंच मकवानपुरको अध्यक्ष

मकवानपुर – मारवाडी युवा मन्च मकवानपुरको नयाँ कार्यसमितिको अध्यक्षमा चिराग अग्रवाल चयन भएका छन् । हेटौंडामा शुक्रबार भएको मारवाडी युवाहरूको भेलाबाट अग्रवाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा रामकुमार अग्रवाल, महासचिवमा सुसान्त राज चनानी, कोषाध्यक्षमा निखिल अग्रवाल, सचिवमा अंकित जालान, सह कोषाध्यक्षमा निमेष जालान, कार्यसमिति सदस्यमा दिनेश सर्मा, कैलाश अग्रवाल र अन्जनी अग्रवाल निर्विरोध चयन भएका छन् ।

अध्यक्ष लगायत नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान युवा अध्यक्ष (२०७५-७७) राहुल जालानले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाज