साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्‍याउने घोषणा गरेका छन् ।

१३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अर्थात मे १ का अवसरमा आज उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदूरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगायतका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) रोचक