कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा आज गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ

मकवानपुरगढी- कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा बुधबार (आज) गरिएको कोभिड परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आज जम्मा ८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।

मंगलबार १५ जनामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको थियो । एन्टिजेन विधिबाट गरिने परिक्षण पनि भरपर्दो हुने भएकोले लक्ष्यण देखिएका बिरामीहरुले परिक्षण गर्न स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय स्वास्थ्य