मक्रान्चुलीमा शुक्रबार गरिएको परिक्षणमा १ जनामा मात्र संक्रमण

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा शुक्रबार गरिएको कोभिड परिक्षणमा १ जनामा संक्रमण देखिएको छ भने ४ जनामा संक्रमण देखिएको छैन ।

जम्मा ५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३ का ४० वर्षीय १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । हालसम्म मकवानपुरगढी मै बसोबास गरि

बिहिवार ५ जनाको परिक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको थियो ।

हरेक दिन बिहान १० बजे देखी २ बजे सम्म परिक्षण गर्ने गरिएकोले संक्रमित ब्यक्तिका परिवारका सदस्य तथा लक्ष्यण देखिएका बिरामीहरुले परिक्षण गर्न स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ । साथै कुनै समस्या भएमा मोबाइल नम्बर ९८५५०६९१२९ मा फोन गर्न समेत लामिछानेले अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय स्वास्थ्य