मकवानपुरमा आज आएको रिपोर्टमा ६० जनाको नेगेटिभ,११४ जनामा पोजेटिभ

मकवानपुर – मकवानपुरमा शुक्रबार (आज) आएको रिपोर्टमा ६० जनामा कोभिड नेगेटिभ देखिएको छ भने ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५३ जना महिला छन् भने ६१ जना पुरुष छन् ।

२२ र २३ गते १७४ जनाबाट संकलन गरिएको स्वाबको नमुनामा ६५ प्रतिशत अर्थात् ११४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो । संक्रमित मध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेको र वडा नम्बर ४ का मात्र २८ जनामा संक्रमण देखिएको छ । यसैगरी थाहा नगरपालिकाका २ जना र जिल्ला बाहिरको १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएका मध्ये ५ जना बालबालिका छन् भने २ जना जेष्ठ नागरिक रहेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य