संसदमा ठूलो दलको नेताको हैसियतमा ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, सपथग्रहण भोलि हुने

काठमाडौं / प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेको संसदिय दलको नेता केपि शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन ।

राष्ट्रपतिले संसद प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलिले संसदमा बिश्वासको मत लिन नसकेपछी संबिधानत: पद मुक्त हुनुभएको थियो ।
त्यस लगत्तै राष्ट्रपतिले संबिधानको धार ७६ को उपधारा २ बमोजिम बहुमतिय सरकार गठनका लागि दलहरुलाइ आव्हान गर्नुभएको थियो। तर तोकिएको समयभित्र कांग्रेस-माओवादीले सरकार गठन गर्न नसकेपछी ठुलो दलको हैसियतमा ओलि तेस्रोपटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति