केपि शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त , सपथ आज साढे २ बजे

काठमाडौं / नेकपा एमालेको संसदिय दलको नेता केपि शर्मा ओली पुन: नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पुन प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा
ओलीलाइ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

यस अघि ओली संविधानको धारा ७६ को उपधारा २ अनुसारको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न कुनैपनी दलहरुले दावी नगरेपछि सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलिले संसदमा बिश्वासको मत लिन नसकेपछी संबिधानत: पद मुक्त हुनुभएको थियो ।

त्यस लगत्तै राष्ट्रपतिले संबिधानको धार ७६ को उपधारा २ बमोजिम बहुमतिय सरकार गठनका लागि दलहरुलाइ आव्हान गर्नुभएको थियो। तर तोकिएको समयभित्र कांग्रेस-माओवादीले सरकार गठन गर्न नसकेपछि ओलि तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको हो।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति