पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

हेटौंडा । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको गरेको छ ।


बुधबार निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।यस्तै अन्तरास्ट्रिय हवाइ ईन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ । नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल डिजेल मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।०००

 

अर्थ मुख्य समाचार