पेट्रोलियम पदार्थको समस्या छैनः नेपाल आयाल निगम

नेपाल आयाल निगमले बजारमा पेट्रोलियम पदार्थको समस्या नरहेको जनाएको छ ।
गत शुक्रबार र शनिबार प्राविधिक तथा व्यवहारिक कारणले ढुवानी रोकिएकाले त्यसको प्रभाव बजारमा आंशिक परेको निगमले जनाएको छ । तर, आईतबार बिहानै पूर्व देखि पश्चिम सबै ठाउँका पेट्रोल पम्पहरुमा तेल पठाइएको र कति पय स्थानमा ढुवानी जारी रहेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । निगमको अमलेखगञ्ज डिपोबाट मात्र पेट्रोल र डिजेल गरी १ सय ट्याङ्कर तेल वितरण भएको र उपत्यका भित्रको थानकोट डिपोबाट मात्र २२ ट्याङ्कर तेल वितरण भइसकेको छ । ढुवानीमा सामान्य समस्या आउदा गत २ दिन बजारमा केही स्थानमा तेलको अभाव देखिन निगमले स्पष्ट पारेको छ ।०००

मुख्य समाचार