महन्थ पक्षले देउवालाई भोट हालेपछि माधवलाई ठूलो क्षति, अब माधवले गतिलो भाग नपाउने

हेटौंडा । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवा विश्वसको मत दिएपछि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई ठूलो क्षति भएको छ । अब माधव पक्षले गतिलो भाग नदिने निश्चि जस्तै भइसकेको छ ।

यस अघिसम्म देउवाले विश्वसको मत पाउन माधव नेपाल गुटको भर पर्नुपरेको थियो । जसपाको महन्थ पक्ष विपक्षमा रहेको बेला माधव गुटले समर्थन नगरेको भए देउवाले विश्वासको मत पाउन सम्भव हुँदैनथ्यो ।

आफूहरु बिना देउवाले विश्वासको मत पाउन सक्दैनन् भन्ने विश्वाससाथ माधव गुट चलिरहेको थियो । त्यही अनुसार मन्त्रिमण्डलमा असाध्यै ठूलो भाग पनि माग्न थालेको थियो ।

मुख्य समाचार राजनीति