देउवाले पाए विश्वसको मात, प्रधानमन्त्रीको पक्षमा १६५, विपक्षमा ८३ मत

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको विपक्षमा ८३, पक्षमा १६५ र १ जना तटस्थ बसेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।

नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो ।

मुख्य समाचार राजनीति समाचार