एक डोज लगाउदा हुने जोन्सनको खोप आजदेखि सुरु, कहाँ गएर लगाउने ?

हेटौंडा । एक डोज लगाउदा हुने कोरोनाविरुद्धको जोन्सनको खोप आजदेखि सुरु हुने भएको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ ।

काठमाडौं उपत्यकाका १८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरु गरी ४४ स्थानबाट खोप दिइनेछ ।

मुख्य समाचार समाचार समाज