नमूना प्रगति साकाेसले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै २४ औं स्थापना दिवस मनायो

हेटौंडा – मकवानपुर जिल्लाको हेटौंडामा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आईतवार आफ्नो २४ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसर पारी २०७६ सालकाे एसईईमा उत्कृष्ट अंक ल्याउने प्रसुन लामिछानेलाई ५ हजार पाँचसय रुपैया छात्रवृत्ति प्रदान गरिएको संस्थाका ब्यवस्थापक बद्री प्रसाद भण्डारीले बताउनुभयो ।

संस्थाका सल्लाहकार बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम् अध्यक्ष मिठाराम दहालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य सचिव रामजी सापकाेटाले गर्नु भएकाे थियाे ।

कार्यक्रममा संचालक, लेखासमिति, कर्मचारी तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीकाे उपस्थित रहेकाे थियाे ।

समाज सहकारी