विधार्थी भर्नालाई आधुनिकीकरण र अनलाइन बनाउन मागगर्दै अखिल फोर्स मकवानपुरले मकवानपुर क्याम्पसलाई ज्ञापनपत्र पेश गर्यो

 

हेटौंडा /अखिल फोर्स मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा मकवानपुर बहुमुखी क्याम्पसले बी.बी.एम संकायमा नेपाल प्रथम र द्वितीयसहित सय प्रतिशत नतिजा ल्याउन सफल भएकोमा बधाई तथा शुभकामना दिदै नयाँ विधार्थी भर्नालाई आधुनिकीकरण गरि अनलाइन तथा विद्युतीय माध्यमबाट भर्ना गर्न माग गरेको छ ।

अखिल फोर्सले कक्षा संचालन बैकल्पिक मध्यमबाट समयमै सुचारु गर्न, विशेष भेगका विद्यार्थीहरुलाई रिभिजन कक्षाहरुको व्यवस्था, स्वास्थ्य मापदण्डको पालना, उक्त बोटानिकल गार्डेनमा विज्ञान विषयलाई सहयोग हुने गरी प्रयोग लगायतको माग गरेको अनेरास्ववियु मकवानपुरका नेत तथाअखिल फोर्सका संयोजक मनिशमान श्रेष्ठले जानकारी दिनुभयो ।

अखिल फोर्सको मागहरु यसै साताभित्र पूरा हुने प्रतिवद्धता जनाउँदै क्यम्पस प्रमुख डा. शंकर उपाध्यायले सकारात्मक रही काम कार्वाही गर्ने गराउने जनाएका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय