मकवानपुरगढी ३ मा क्युपेक नेपालको कमिटी गठन

मक्रान्चुली- नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध नेपाल बिजुली , पेन्टर , प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपालले मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा कमिटी गठन गरेको छ ।

नवगठित कमिटी सोमबहादुर सुनारको अध्यक्षतामा गठन भएको हो । कमिटीको उपाध्यक्षमा रेवती सुवेदी , सचिवमा मदन न्यौपाने , सह-सचिवमा रुपेश दाहाल र कोषाध्यक्षमा राधिका आचार्य रहेका छन् ।

नौ सदस्यीय कमिटीको सदस्यहरुमा बिष्णु सापकोटा , प्रेमबहादुर थोकर , उमेश अर्याल र टिकादत्त घिमिरे रहेका छन् ।

क्युपेक नेपाल मकवानपुरगढीका अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिका मजदुर समितिका उपाध्यक्ष धर्म प्रसाद तिमल्सिनाको अध्यक्षता एवम् क्युपेक नेपाल मकवानपुरका उपाध्यक्ष प्रल्हाद राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मजदुर नेताहरु पुर्ण बराल , ध्रुव प्रसाद देवकोटा , भुवन मिजार , दिल बहादुर स्याङ्तान , विनिता शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन क्युपेक नेपाल मकवानपुरगढीका सचीव भोलानाथ दाहालले गरेका थिए ।

मुख्य समाचार समाज