मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् ।

मकवानपुरमा कार्यरत चौधरीसँगै विभिन्न विधाका ५ जना राष्ट्र सेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका हुन् । चौधरीसँगै मनमाया पंगेनी, शिला शर्मा, डा. सुमित्रा गौतम र उपससचिव डा. लोक बहादुर लोप्चनलाई ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मान गर्ने निर्णय भएको हो ।

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी सिरहाको महेश्वरी गाउँमा जन्मिएका हुन् । उनलेको परिवारमा आर्थिक अवस्था कमजोर थियो । कक्षा ५ सम्म गाउँकै महेश्वरी विद्यालयमा र ६ देखी १० कक्षासम्म मामा घरमा बसेर पढेका थिए । उच्च शिक्षाका लागि अरु विषय पढ्न परिवारको आर्थिक अवस्थाले नदिने र जे.टि.ए. पढ्दा काम पनि चाँडै पाईन्छ भनेर चौधरी जे.टि.ए.पढ्को बताए । उनले २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरे ।

चौधरी मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का ७ जना किशानहरु भेला गरेर कसरी कृषिमा लाग्ने भनेर ज्ञान दिन्थ्ये । बेमौषमी तरकारी खेतीको सम्भावना राम्रो भएको देखे । सो कुरा जनप्रतिनिधिहरु समक्ष राखे । २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर बेमौषमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौषमी खेती गरेर आमदानी लिईरहेकाछन् ।

अर्थ कृषि समाचार प्रदेश समाचार राजनीति रोचक शिक्षा समाचार समाज स्थानीय