मकवानपुरगढीका कृषि अधिकृत चौधरी देशकै उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित

काठमाण्डौ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित हुनु भएको छ ।

एकाउन्ट्याविलिटी ल्याब नेपालले हरेर बर्ष पाँच जना राष्ट्र सेवक कर्मचारीलाई इन्टेग्रीटी आइकन नेपालको रुपमा सम्मान गर्ने गरेको छ । यस बषए पनि उक्त सस्थाले मकवानपुरमा कार्यरत चौधरी सँगै विभिन्न विधाका पाँचजना राष्ट्रसेवक कर्मचारीलाई ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मान गरेको हो । यस बर्ष चौधरीसँगै नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, भेरी अस्पताल, नेपालगञ्ज बाँकेका नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उपससचिव डा. लोक बहादुर लोप्चन ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित हुनुभएको छ ।

कोभिड महामारीका कारण यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको हो ।

को हुन ? चन्द्रकान्त चौधरी ?

सिरहाको महेश्वरी गाउँमा जन्मिनु भएका चन्द्रकान्त चौधरीको परिवारको आर्थिक अवस्था कमजोर थियो ।

कक्षा ५ सम्म गाउँकै सरकारी विद्यालय महेश्वरी प्राथमीक विद्यालयमा कक्षमा ५ सम्मको अध्यन गर्नुभयो । चौधरीको परिवारले त्यो भन्दा बढी पढाउन नसक्ने भएपछि कक्षा ६ देखी कक्षा १० सम्म उहाँले मामा घरमा बसेर पढ्नभयो । त्यतिबेला एसएलसि सकेपछि कृषि क्षेत्रमा सक्रिय काकाका सल्लाहमा चौधरीले जे.टि.ए. पढ्ने निर्णय गर्नुभयो ।

उच्च शिक्षाका लागि अरु विषय पढ्न परिवारको आर्थिक अवस्थाले पनि नदिने र जे.टि.ए. पढ्दा काम पनि चाँडै पाईन्छ भनेर काकाले सुझाएपछि आफुले जे.टि.ए.पढेको चौधरीले सुनाउनुभयो । जे.टि.ए. उत्कृष्ट नम्वरका साथ उर्तिर्ण भएपछि लोकसेवा परीक्षा दिनुभएका चौधरीले वि.स. २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो ।

उहाँ अहिले मकवानपुरगढी गाउँपालिकाको कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । चौधरी मकवानपुरगढी गाउँपालिकाका किशानहरु भेला गरेर कसरी कृषिमा लाग्ने भनेर ज्ञान शिक्षा दिनुहुन्थ्यो । बेमौषमी तरकारी खेतीको सम्भावना राम्रो भएको मकवानपुरगढिमा उहाँले जनप्रतिनिधिहरु समक्ष उक्त कुरा राख्नु भयो । वि.स. २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर मकवानपुगढीमा बेमौषमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौषमी खेती गरेर आमदानी लिईरहेका छन् ।

एकाउन्ट्याविलिटी ल्याबले राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित गरेसगै भविष्यमा चौधरी नेपाल सरकारको सर्वाेच्च निकायमा पुग्ने सम्भावना बढेको छ । सबैको सहयोग र साथले आफुलाई थप हौसला र उर्जा मिलेको चौधरीको भनाई छ ।

कृषि समाचार मुख्य समाचार विज्ञान प्रविधि समाचार सहकारी स्थानीय