मकवानपुरमा एमालेको वडा अधिवेसनः ९७ वडाहरुमा वडा कमिटि गठन, केहिमा हुदै

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटी अन्तर्गत जिल्लाको १० वटै पालिकाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ ।

वडा अधिवेशनले मकवानपुरको ९७ वडाहरुमा नयाँ नेतृत्व चयन गर्दै नयाँ वडा कमिटिहरु गठन गरेको छ। हिजो एकै पटक एकै साथ मकवानपुरका सबैजसो वडामा अधिवेसन सम्पन्न भएको र सबैजसो वडामा सर्वसम्वत चयन गरेको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले वताउनुभयो ।

एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार वडा स्तरमा कमिटि बनेका छन् । पार्टीको केन्द्रिय कमिटी र प्रदेश कमिटीले पठाएको आन्तरिक सर्कुलर र निर्देशन अनुसार संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न निर्देशन दिइएको थियो ।

अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको थियो ।

एमालेले कात्तिक ९ मा देशभरका ७ सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन गर्दै छ ।

महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहने विधानमा छ ।

वडा अधिवेसनका केहि तस्बिरहरु :

 

 

 

मुख्य समाचार राजनीति समाचार स्थानीय