अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता


काठमाडौं । चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताए । अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उनि महोत्सवस्थलमा आएक हुन् । यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुईवटा टोपी खरिद गरेका थिए ।

वाग्ले जस्तै अरु धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदबारीबाट चितवन महोत्सवमा कक्ष राखेका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याइनभ्याई भएको बताए । उनले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताए ।

नवलपुरको गैँडाकोटबाट आउनुभएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताए ।

चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा मात्र कक्ष छन् । दाङबाट आएका शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राखेकी छिन् । उनले यसरी बिक्री गर्न दाङबाट चितवन चौथोपटक आएकी हुन् । उनको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।

अर्थ कृषि समाचार मनोरञ्जन मुख्य समाचार