साउदी अरवमा उपचार नपाएर छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् ।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनि रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ ।नेपाली दुतावासले राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलवार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको छ ।

उनि बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए ।मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको छ ।

अन्तराष्ट्रिय अर्थ परदेश मुख्य समाचार राजनीति समाचार समाज स्वास्थ्य