मकवानपुरगढीको बुढीचौर मतान्सेडाँडामा हिमपात

२१ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ अर्थात् साबिकको बुढीचौर गाबिस वडा नंबर ५ को लेकमा बाक्लो हिमपात भएको छ ।

गएराति देखिको वर्षा संगै मतान्से डाँडामा हल्का हिमपात समेत भएको स्थानीय बासिन्दाले बताएका छन् । त्यहाँ हिउँ परेको मकवानपुरगढी गाउँपालिकाको अधिकांश वडाहरुबाट प्रष्ट देखिएको छ । चिसो मौसममा झरी पर्दा त्यस क्षेत्रमा प्राय हरेक वर्ष हिउँ पर्ने गरेको छ । यस वर्ष पनि झरी सँगै पहिलो पटक हिमपात भएको हो ।

पानी पर्ने क्रम नरोकिएको र शनिबारसम्म पानी परिरहने मौसमविदले भविस्यवाणी गरेका कारण हिउँ पर्ने क्रम अझ थपिन सक्ने बताइएको छ । कुनै कुनै वर्ष आमभन्ज्याङ्गको छत्रेलेक (महाभारत पर्वत) मा समेत हिउँ पर्ने गरेका कारण झरी परिरहे त्यस क्षेत्रमा समेत हिउँ पर्न सक्ने स्थानीयको भनाई रहेको छ ।

उता उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा भने भारी हिमपात भएको छ । गएराति वर्षा संगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरोध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । बाक्लो हिउँ परेपछि त्यस क्षेत्रमा हिउँ खेल्न जानेहरुको समेत भिड बढेको छ ।

पर्यटन प्रदेश समाचार मनोरञ्जन मुख्य समाचार रोचक समाचार स्थानीय