मोरङमा बर्ड फ्लू देखिएपछि उच्च सतर्कता : पालेका पन्छी बिरामी वा मरेको पाइए तत्काल खबर गर्न आग्रह

हेटौँडा/ मोरङमा बर्ड फ्लू देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।

आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो । पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।

पन्छी, पन्छीजन्य वस्तु अण्डा, दानामा हुन जाने क्षतिको सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । किसानले क्षतिका आधारमा ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ । गएको आइतबार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्ड फ्लू पुष्टि भएपछि सरकारले उच्च सर्तकता तथा निगरानी बढाएको हो । मोरङमा यो बेला कसरी सङक्रमण देखिएको भन्न नसकिएपनि जङगली तथा आगन्तुक चराबाट सङक्रमण देखिएको हुनसक्ने अनुमान गरिएको छ । फार्म वा घरमा पालिएका पन्छीले र्याल काढ्ने, टाउको सुन्निने, दिसा पातलो हुने जस्ता लक्षण देखिने र त्यस्ता रोगी पन्छी मरेमा ख्याल राख्न विज्ले सुझाव गरेका छन ।

कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय