बागमती प्रदेश सभा बैठक फागुन १६ मा बस्ने

हेटौँडा/ बागमती प्रदेशको प्रदेश सभा बैठक यहि फागुन १६ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक १६ का लागी बोलाउने निर्णय भएको हो ।
यसअघि बुधबार सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते बोलाउने सहमति भएको हो । प्रतिपक्षी एमालेका अवरोधका कारण पुस ८ गतेदेखि प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज