मकवानपुरगढीमा प्याराग्लाइडिङ उडानको सफल परिक्षण


२२ फागुन,मकवानपुरगढी- मकवानपुर जिल्लाको उत्तर-पुर्व क्षेत्रमा पर्ने मकवानपुरगढी गाउँपलिकाको वडा नंबर ८ को बुढीचौरमा पहिलो पटक शनिबार प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।

शनिबार मकवानपुरगढी गाउँपलिका वडा नंम्बर ८ बुढिचौरको आयोजनामा आयोजित सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको अवसरमा बुढीचौरको डाँडाबाट प्याराग्लाइडिङको उडान गरिएकोमा उडान सफल भएको हो । गाउँपालिकाको बजेट मार्फत उक्त प्याराग्लाडिङको परीक्षण भएको हो । प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न परीक्षण उडान गरिएको गाउँपालिकाले जनाएको छ ।

परीक्षण सफल भएसंगै व्यवसायीक प्याराग्लाडिङ सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको पालिका अध्यक्ष बिदुर हुमागाईले बताउनु भएको छ ।

पर्यटन मनोरञ्जन मुख्य समाचार रोचक समाचार